नेभिगेशन
पुँजी बजार

३१.५० अंकले घट्यो नेप्से, १५ अर्ब बढीको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ ।

आज नेप्सेमा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार बराबरको कारोबार हुँदा नेप्सेको पुँजीकरण समेत १.०६ प्रतिशतले घटेको हो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा १९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ५२ वटा कम्पनीको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

आजको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

बिहीबार नेप्सेमा वित्त बाहेक सबै उपसमूहको सूचकमा गिरावट आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पुँजी बजार