नेभिगेशन
पुँजी बजार

नेप्से परिसूचक घट्यो, १९ अर्बभन्दा बढीको कारोबार

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आइतबार १८.४४ अंकले घटेको नेप्से सोमबार २.०७ अंकले घटेको हो ।

सोमबार नेप्सेमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २९६२.१३ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएकामध्ये १५६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९४ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।


आजको कारोबारमा समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा खाए ।

आजको कारोबारमा विकास बैंक, वित्त, उत्पादन र व्यापार बाहेक अन्य समूहको उपसूचकमा गिरावट आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पुँजी बजार