नेभिगेशन
राजनीति

एमाले सचिवालयमा पारित प्रस्ताव केन्द्रीय समितिमा परिमार्जन गर्न सकिन्छः ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालयमा पारित विधान महाधिवेशनका लागि तयार प्रस्ताव पोलिटब्यूरो बैठकमा छलफल गरी केन्द्रीय समितिले परिमार्जन गर्न सक्ने बताएका छन्।

शुक्रबार पोलिटब्यूरो बैठक सुरु हुनुभन्दा केही समयअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा राखेका छन्।

पोखरेलले लेखेको छन्,‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो। आज पोलिटब्युरो सदस्यहरूका बिचमा छलफल हुने छ।’ 

सचिवालयमा अल्पमतमा परेका पोखरेलले अगाडि भनेका छन्, ‘पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान गर्नुहुनेछ।’

पोखरेल ७० वर्षे उमेरहद र २ कार्यकाललाई निरन्तरता दिनुपर्ने पक्षमा छन्। तर सचिवालय बैठकले उक्त व्यवस्था हटाएपछि पोलिटब्यूरोमार्फत परिमार्जन गर्न सकिने पोखरेलको विश्वास छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति