नेभिगेशन
राजनीति

‘माधवजीसँग वार्ता सकारात्मक छ, समाजवादी मोर्चालाई पार्टी एकतामा लैजान्छौँ’ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने गरी छलफल चलिरहेको ब्रिफिङ गरेका छन्।

आजबाट सुरु भएको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता सकारात्मक रूपमा अघि बढेको बताए।

उनले बैठकमा भने, ‘अहिले हामी मोर्चामा सँगै छौँ एउटै पार्टी बनाएर जानुपर्छ भन्नेमा एकमत छ। माधव र विप्लवजीसँग कुरा भइरहेको छ। चाँडै एकताको प्रक्रिया अघि बढ्छ। एकता तत्काल हुनु पनि सक्छ, प्रक्रिया लम्बिन पनि सक्छ।’

उनले मोर्चामा आबद्ध भएका मात्रै नभई पूर्वमाओवादी घटकहरूसँग पनि एकता गर्नेबारे छलफल भइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति