नेभिगेशन
राजनीति

एमाले विधान सम्मेलनमा भण्डारीलाई रोक्दा शंकरमा हर्ष विभोरता, महाधिवेशन बाँकी छ

काठमाडौं– नेकपा एमालेको विधान सम्मेलनमा नयाँ प्रतिनिधि आउन नपाउनेगरी सचिवालयले निर्णय गरेपछि सक्रिय भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि कायम नहुने भएकी छन्।

आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबारीमा विधान सम्मेलन (महाधिवेशन) गर्ने यसअघिकै एमाले निर्णय थियो।

भण्डारी राजनीतिमा सक्रिय हुने र आवश्यक परे अध्यक्ष नै उठ्नेसम्मको नयाँ मोड आएपछि सबैभन्दा बढी अत्तालिएका थिए महासचिव शंकर पोखरेल। उनलाई विधान सम्मेलनमा रोक्दा पोखरेलमा हर्ष विभोरता देखिएको छ।

शुक्रबार उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’

एमाले सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने र आगामी भदौमा हुने विधान सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीलाई रोक लगाउने निर्णय गरेको सन्दर्भमा पोखरेलले यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

एमाले सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ।

भण्डारीलाई रोक्नका लागि नै यस्तो निर्णय गरिएको प्रष्ट देखिन्छ। यसबाहेक उनलाई रोक्नका लागि ७० बर्षको उमेरसीमा र दुई कार्यकाललाई पनि हटाइएको छ।

तर महाधिवेशनमा भने भण्डारी सहभागी हुनका लागि प्रतिनिधि छनौट हुनेमा कुनै शंका छैन। 

एमाले सचिवालयले पुराना प्रतिनिधि मात्र सहभागी हुन पाउने अपरिपक्व निर्णय गरेको हो। गत विधान सम्मेलनमा अहिले राजसंस्थावादी आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईंदेखि एमालेबाट निकालिएका भिम रावलसम्म सहभागी भएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति