नेभिगेशन
राजनीति

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा दिउँसो ३ बजे हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

भेलामा पार्टीको आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा छलफल हुनेछ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति