नेभिगेशन
राजनीति

योगेश भट्टराईले भने-‘मन्त्री गुप्ताको अडिओ काण्ड प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ’

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सही हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका हुन् । 

यस विषयमा संसदमा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसदमा आएर प्रष्ट पार्नुपर्ने उनले बताए ।

भट्टराईले यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने धारणा राखे ।

उनले सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे । भट्टराईले सबैको सहमतिमा नै संविधान संशोधनको विषयलाई अघि बढाउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति