नेभिगेशन
राजनीति

१५ लाख हस्ताक्षर गराउँदा रास्वपाले ३७ लाख रुपैंया चन्दा उठायो

काठमाडौं– सभापति रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा राज्यले राजनीतिक प्रतिशोध लियो भनेर हस्ताक्षर अभियान जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ लाख जनाको दस्तखत रहेको दाबी गरेको छ।

उक्त संख्यामा हस्ताक्षरसँगै क्यूआर कोडमार्फत हालसम्म ३७ लाख रुपैंया चन्दा उठाएको प्रवक्ता मनिष झाले बताएका छन्। जनताको समर्थन ब्यापक रहेको दाबी गरेका उनले चन्दा रकम पनि खुलाएका हुन्। 

उच्च अदालत बुटवलमा सरकारी पक्षले गरेको पुनरावेदनमार्फत लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति