नेभिगेशन
राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचारको अभियोग, समसामयिक राजनीति, निजामती विधेयकमा भएको चलखेलका विषयमा छलफल हुनेछ ।

यस्तै, पार्टी नेत्री रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणका विषयमा पनि छलफल हुने बताइएको छ ।

पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि अभियोग लागेपछि झाँक्रीले एक कार्यक्रममा नेतृत्वको आलोचना गर्दै अर्ली महाधिवेशनको माग गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति