नेभिगेशन
राजनीति

१८ करोड बैंक ऋण नतिर्ने रास्वपा सल्लाहकारको दबाबमा भयो जितबहादुरको निलम्बन

काठमाडौं– विवादमाथि विवादको चाङमा फँसिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जना सल्लाहकारले दुई बैंकको १८ करोड ऋण नतिर्दा कालोसूचीमा नाम निस्किएको विषय सतहमा आएको छ।

नेपाली कांग्रेसका नेता तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा मुद्दा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका खास रहेका बिनोद खरेल अहिले रास्वपाको सल्लाहकार र त्यसमा पनि उपसभापति डीपी अर्यालको कोर टिममा रहेका छन्।

उनी लुम्बिनी प्रदेशमा पार्टीका विभिन्न नेतामाथि हावी हुने र कतिपयलाई निलम्बन गराउन पनि सक्रिय रहेको खुलासा भएको छ। यसैक्रममा गत निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका जितबहादुर गुप्ता (शेखर)लाई निलम्बन गराउन उनको भूमिका प्रमुख थियो। 

डीपी अर्यालको बलमा खरेलले केन्द्रीय अनुशासन आयोगमार्फत गत चैत ३१ गते अनिश्चितकालिन समयसीमा राखी निलम्बन गरिएको पत्र थमाइएको थियो। 

जबकि उक्त निलम्बनको कारणमा अमर्यादित बोलेको भन्नेबाहेक गम्भिर आरोप केही पनि लगाइएको छैन। के विषयमा स्पष्टीकरण सोधिएको भन्ने

विषयमा पार्टीको अनुशासन आयोगले पत्रमा खुलाएको पनि छैन। 

हेर्नुहोस् यो पत्र 
e782b319-a1e9-4ada-bc1d-8d880e6c2a7a-1751350729.jpg
रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। उक्त उपनिर्वाचनमा खरेल आफैं भिँड्ने तयारीमा रहेको पनि उच्च स्रोतले जनाएको छ।

रूपन्देही–३ मा गत निर्वाचनमा खरेल पूर्वगृहमन्त्री खाँणका दाहिना बनेका थिए। तर, अहिले उनी रास्वपामा अर्यालका दाहिना छन्। 

हेर्नुहोस् अर्याल, रवि लामिछाने र रातो घेरामा खरेलको तस्बिर

eead77db-9d6c-4ef2-b1fb-2c4fb023bd29-1751350755.jpg
विनोद खरेललाई आर्यालको आग्रहमा रास्वपा सभापति रवि लामिछानेले कसैसँग सोध्दै नसोधी प्रदेश सल्लाहकारमा नियुक्ति गरेका थिए। 

खरेलको ग्लोबल आईएमई बैंक र सनराइज बैंक भैरहवा शाखामा १८ करोड ऋण नतिरेर कालोसूचीमा नाम निस्किएको थियो। 

बैंक तथा पीडित व्यक्तिहरूले खरेलको बदमासीको विषयमा जितबहादुरलाई गुहारेका थिए। पार्टीमा यस्तो मान्छे राख्न हुँदैन भनेर लविङ गरेका जितबहादुरलाई खरेलले आफ्नो शक्तिको प्रयोग गरी निलम्बनमा पारेका थिए। 

हेर्नुहोस् खरेलको कालोसूचीमा नाम निस्किएको पत्रिकामा छापिएको सूचना

1-1751350795.jpg
जितबहादुरले घण्टी चुनाव चिन्ह लिएर गत निर्वाचन ११ हजार मत पाएका थिए। उक्त क्षेत्रमा दिवंगत भएका राप्रपाका नेता दीपक बोहोरा निर्वाचित भएका थिए। 

रास्वपाका स्थानीय एक नेता भन्छन्,‘अहिले पार्टी रुपन्देही–३ का लागि सागर ढकाल, कुलमान घिसिङ, महावीर पुनः जस्ता मानिस खोजिरहेको छ। जित्ने सम्भावना जितबहादुरको नै हो। तर उनलाई नियोजित रुपमा निलम्बन गरियो।’

(बैंकसम्बन्धी अन्य कागजात र प्रमाण क्यानडा नेपालसँग सुरक्षित छन्। –सम्पादक)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति