नेभिगेशन
राजनीति

नेतृत्व गर्न सक्रियता चाहिन्छ, पार्टीको टोपी लगाएर मात्रै हुँदैन: पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको टोपी लगाएर मात्र नेतृत्व नहुने भन्दै नेतृत्व गर्न सक्रियता चाहिने बताएका छन् ।

नेपाल बौद्धिक परिषद्, बुढानीलकण्ठ नगर कमिटीले मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजना गरेको विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मार्क्सवादलाई नेपालको विशेषतामा लागु गर्नुपर्छ भन्ने मान्यताका साथ मदन भण्डारीले जबजलाई अगाडि सारेको बताए ।

उनले भने, ‘सिद्धान्तले जीवन बदल्न सक्दैन । जीवन बदल्न त्यहाँको यथार्थतामा आधारित हुनुपर्छ भन्ने उहाँको जोड थियो ।’ मदनले ‘खुट्टाअनुसारको जुत्ता’ को मान्यता राख्ने गरेको चर्चा पोखरेलले गरे । ‘जुत्ता सानो भयो भनेर खुट्टा काट्ने हैन, खुट्टा अनुसारको जुत्ता बनाउने हो, जनताको बहुदलीय जनवाद पनि नेपाली खुट्टाअनुसार अगाडि आएको विचार हो’, उनले भने ।

कम्युनिष्ट र त्यसका कार्यकर्तामाथि कसैले हिंसा थोपर्‍यो भने प्रतिवाद गर्न सकिन्छ । तर, हिंसामा मार्क्सवादले विश्वास नगर्ने उनले बताए । भने, ‘समाज बदल्ने, मन र विचारसँगै प्रणाली बदल्ने कुरा मार्क्सवादले गर्छ ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति