नेभिगेशन
राजनीति

रेखा शर्माले भनिन्- प्रधानमन्त्रीलाई कन्ट्याक्ट गरौँ, शिक्षा विधेयक आजै पास हुनुपर्छ

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् ।

उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म त्यो विषय पुष्टि भएको भन्दै खेद व्यक्त गरिन् ।

‘बिहानै सुनेँ विधेयक टर्दै छ रे ! बिहान सुनेको कुरा सत्य लाग्दा दुःख लागेको छ,’ उनले भनिन्, ‘सयका सय हुन सक्दैन ।’

उनले स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने भए पनि गर्न आग्रह गरिन् ।

‘विद्यालय शिक्षालाई केही न केही डिपार्चर हुने गरी सोचेका छौँ । एक घण्टा अझै ब्रेक गरौँ,’ सांसद शर्माले भनिन्, ‘अहिले यत्रो अनलाइन छ, प्रधानमन्त्रीज्यूसँग अनलाइन कन्ट्याक्ट गरौँ ।’

उनले दलबाट पनि आफूहरूलाई पास गर्ने दबाब भएको भन्दै आग्रह गरिन् ।

‘राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔँ । बैठक स्थगित नगर्नुस् । आजै पास गरौँ,’ उनले भनेकी छिन् ।

प्रतिपक्षी दलहरू अहिले नै पास गर्न तयार रहेको भन्दै उनले बैठक स्थगित नगर्न आग्रह गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति