नेभिगेशन
राजनीति

सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक, बाहिर काला पोशाकधारीः देउवा निस्किए

काठमाडौं– नेपाली कांग्रेसको मुख्यालय सानेपामा गज्जबको दृश्य देखिएको छ।

नौ महिनापछि केन्द्रीय समितिको बैठक बसीरहेका बेला काला पोशाकधारी भगिनी संगठनका नेता कार्यकर्ता भने बाहिर बिरोधमा उभिइरहेका छन्।

भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्न बैठक बसिरहेको हो।

सँगै पार्टी कार्यालय बाहिर पार्टीका भ्रातृ संगठनहरूले आमरण अनशन र विरोध प्रदर्शन गरिरहेका छन्।

विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै गत आइतबारदेखि आमरण अनशन गरिरहेको छ।

असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको छ। 

केन्द्रीय कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटा लगायतले आमरण अनशन गरिरहेका हुन्।

त्यस्तै विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताहरू पनि कालो पोशाक लगाएर विरोधमा उत्रिएका छन्। 

यता, बैठकको सभापतित्व गरिरहेका शेरबहादुर देउवा भने निस्किसकेका छन्। उनी शिक्षा विधयेकबारेको परामर्शका लागि निस्किएको बुझिएको छ। उनलाई शिक्षामन्त्री रघुजी पन्तले भेटेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति