नेभिगेशन
राजनीति

नेविसंघको अधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

आज (सोमबार) पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि नेविसंघ नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ? म मेरो पार्टीले बन्धक बनएको नेविसंघ, म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् । मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् । सभापति र पार्टीका पदाधिकारीहरुलाई नर्सरी माँसेर बगैँचा बनाउँछौँ भन्ने खोक्रो भाषण नदिन आग्रह गर्दै र अधिवेशन हुने कुनै आधार बिना म्यादथप किन गर्ने भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति