नेभिगेशन
राजनीति

बाबुराम भट्टराईले भने-‘रवि लामिछानेलाई बाहिर आएर कानुनलाई सघाउने मौका दिनुपर्छ’

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई बाहिर आएर जनताको प्रतिनिधित्व गर्ने र कानुनलाई सघाउने मौका दिनुपर्ने बताएका छन् ।

आइतबार २२औँ राष्ट्रिय धान दिवसको अवसरमा गोरखामा धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै पूर्वप्रधानमन्त्री भट्टराईले रवि लामिछाने जनप्रतिनिधि भएको नाताले खुला रूपमा बाहिर आउन दिनुपर्ने तर्क गरेका हुन् ।


‘उहाँले मुद्दामा सहयोग गर्नुपर्छ । तर, जनप्रतिनिधि हुनुको नाताले उहाँलाई खुला रूपमा बाहिर आएर जनताको पनि प्रतिनिधित्व गर्ने र सँगसँगै कानुनलाई सघाउने यो मौका दिनुपर्छ भन्न खोजेको हो मैले,’ उनले भने, ‘रवि लामिछानेलाई पुरै कानुनबाट छुटकारा दिनुपर्छ भनेर मैले भनेको छैन ।’

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको हस्ताक्षर अभियानमा शनिबार हस्ताक्षर गर्दै साथ दिएका थिए । सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा पार्टी कार्यालय वनस्थली पुगेर पूर्वप्रधानमन्त्री भट्टराईले हस्ताक्षर गरेका हुन् ।

रवि लामिछानेलाई लगाइएको मुद्दा अस्वभाविक देखिएको डा। भट्टराईले बताए । ‘जुन ढंगले रवि लामिछानेलाई केही महिनादेखि मुद्दा लगाइएको छ । त्यो चाहिँ अलि अस्वभाविक देखिन्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति