नेभिगेशन
राजनीति

काँग्रेसले भन्यो- पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उपयुक्त होइन

काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्यक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको बताएका छन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गरेकी थिइन् ।

डा. महतले काँग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने बताए ।

काँग्रेस पार्टीका प्रवक्ता समेत रहेका डा. महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने भएकोले पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नहुने बताएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति