नेभिगेशन
राजनीति

रामकुमारी झाँक्रीलाई पार्टीका पोलिटब्यूरो सदस्यले यस्तो के भनेछन्, विवाद छारस्ट भयो

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा पूर्वपदाधिकारी रामकुमारी झाँक्रीलाई पार्टीका पोलिटब्यूरो सदस्यले ‘रुवावासी’ गर्ने आरोप लगाएका छन्।

पोलिटब्युरो सदस्य सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई काउन्टर जवाफ फर्काउँदै पद नपाउँदा कहिले रुवाबासी गर्ने आरोप लगाएका हुन्। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा पराजुलीले ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ। हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो’ भनर लेखेका छन्। 

‘कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी। यो मानसिकताको विशेष गुण हो। यस्तो मानसिकता विश्वास गरेर हामी मूर्ख नबनौँ’, पराजुलीले थप लेखेका छन्। 

झाँक्रीले शनिबार लुम्बिनी पुगेर अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा सङ्कट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी थिइन्। उनले अर्ली महाधिवेशनको कुरा उठाउँदै भनेकी थिइन्,‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति