नेभिगेशन
राजनीति

कुलिङ पिरियड निजामती क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि लागू गर्नुपर्छ : सांसद गैरे

काठमाडौँ- प्रतिनिधिसभा सांसद ठाकुर प्रसाद गैरेले संघीय निजामती सेवा विधेयक, २०८० मा समावेश कुलिङ पिरियडको व्यवस्था निजामती क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि लागू गर्नुपर्ने बताएका छन्।

आइतबारको संसद् बैठकमा बोल्दै गैरेले कुलिङ पिरियडलाई स्वागतयोग्य व्यवस्था भएको उल्लेख गर्दै यसको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए।

“कुलिङ पिरियड स्वागतयोग्य छ, तर यो निजामती क्षेत्रमा मात्र सीमित नभई अन्य क्षेत्रमा पनि लागू हुनुपर्छ भन्ने आवाजप्रति ध्यानाकर्षण भएको छ। यो स्वागतयोग्य कुरा हो र यसतर्फ ध्यान दिइनेछ,” उनले भने।

उनले वर्षमा एक पटक मात्र सरुवा गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए। “वार्षिक एक पटक सरुवा गर्ने विषय कार्यान्वयन गर्न सकियो भने यसले महत्त्वपूर्ण उपलब्धि दिनेछ,” उनले थपे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति