नेभिगेशन
राजनीति

रामहरि खतिवडालाई डीपी अर्यालको जवाफ- मेरो घडीको समय ठीकै चलेको छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति एवं प्रतिनिधिसभा सदस्य डोरप्रसाद अर्यालले नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले झुठा आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिसभाको बैठकमा खतिवडाले सुमिरे टुर्स एण्ड ट्राभल्सबाट भिजिट भिसामा जापान मान्छे पठाएको आरोप लगाएका थिए ।

प्रतिनिधिसभामा उक्त आरोपको खण्डन गर्दै नेता अर्यालले जापानमात्रै नभएर संसारको कुनै पनि देशमा एक जनामात्रै मान्छे भिजिट भिसामा पठाएको र नफर्किएको पुष्टि गर्न चुनौति दिए । उनले आफ्नो घडीको समय ठीकै चलेको भन्दै नेता खतिवडातर्फ कटाक्ष गरे । उनले २०४८/४९ तिर मन्त्रीको पिए बसेर सरकारी कागज किर्ते गरी मान्छे विदेश पठाएको समेत खतिवडामाथि आरोप लगाए । सोही आरोपमा धेरै दिन हनुमान ढोकाको चिसो छिडीमा रात बिताउन परेको पनि उनले स्मरण गराए ।

‘सुमिरे टुर्स एण्ड ट्राभल्स मेरो कम्पनी हो । म यदि देशमा केही गरेर खाने मान्छे हुँ । चोरेर खाने मान्छे होइन । मेरो समय ठीकै चलेको छ, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं,’ उनले भने, ‘मेरो कम्पनीमा मात्र एक जना मान्छे भिजिट भिसामा जापना होइन, संसारको कुनै पनि देश गएको छ, हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेश गर्न चुनौति दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म सभामुखबाट रुलिङको माग गर्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति