नेभिगेशन
राजनीति

मदन भण्डारी जन्मजयन्ती : एकै मञ्चमा ओली र भण्डारी

काठमाडौं- जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन ले यहाँ आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी जारी छ ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा सहभागी छन् ।

एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा निधन भएको थियो ।

आङछिरिङ शेर्पालाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’

मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ । शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो ।

७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् । सो अवसरमा उनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति