नेभिगेशन
राजनीति

‘हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौँ’- प्रचण्ड

भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् ।

नेपाल उद्योग व्यापार महासंघको आज आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने योजनाबद्ध प्रयास भएको बताए ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार राष्ट्रिय पुँजी प्रवर्द्धनमा आफूले जोड दिएको र सुशासन कायम गर्नमा नै ध्यान केन्द्रित रहेको बताए ।

जनजीविकासँग प्रत्यक्ष सरोकार भएका ठूला पूर्वाधार परियोजना अघि बढाइएको स्मरण गर्दै अध्यक्ष दाहालले भने, “सरकारको नेतृत्व गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण ‘करिडोर’लगायत परियोजनाको अवधारणा ल्यायौँ । ती आयोजनाले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन् । रुकुम र बागलुङका जनताले मध्यपहाडी लोक मार्गले ल्याएको परिवर्तन अनुभव गरिसकेका छन् । हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्‍यौँ, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्‍याएको छ ।”

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका समूह प्रमुख गंगा कार्कीले देशको आर्थिक विकासबारे मन्तव्य व्यक्त गरेकी थिइन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति