नेभिगेशन
समाज विविध

चितवनमा सँगै भिरबाट हाम फालेका मध्य पत्नीको मृत्यु, पति गम्भिर, कारण यस्तो छ

काठमाडौं– चितवनको राप्ती नगरपालिकाका पति पत्नीले भिरबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भिर घाइते भएका छन्।

भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो। उनका पति लिलाबहादुर भने गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पतिसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। लगत्तै उनका पति लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए। 

कुमारीको घटनास्थलमै मृत्यु भएको थियो। लीलाबहादुर प्रजा गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचार भइरहेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध