नेभिगेशन
राजनीति

गृहमन्त्रीद्वारा ‘अध्यागमन भिजिट भिसा अध्ययन छानबिन उच्चस्तरीय समिति’ बनाएको संसद्लाई जानकारी

काठमाडौँ- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा  भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको प्रतिनिधिसभामा जानकारी गराएको छ ।

गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी सदनमा गराएका हुन् । 

यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको जानकारी दिए । 


समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको जानकारी गृहमन्त्री लेखकले दिए । 


सरकारले हिजो पूर्वमुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति