नेभिगेशन
राजनीति

गुलावी सहरदेखि युएई, अस्ट्रेलिया र अमेरिका घुम्दैछन् रास्वपा सांसद


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू भारतको बैंगलुरुदेखि संयुक्त अरब इमिरेट्स (युएई) देखि अस्ट्रेलियासम्म पुगेका छन्।बैंगलुरुलाई गुलावी सहर भनिन्छ। 

उनीहरू प्रवास कमिटीको औपचारिक कार्यक्रम राखेर विदेश भ्रमणमा पुगेका हुन्।  

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका उनीहरुको सदनमा उपस्थिति पनि फितलो बनिरहेको छ, यहि कारण। 
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसहितका केही प्रमुख सांसदहरू बैठकमा अनुपस्थित छन्।

कार्यवाहक सभापति अर्याल युएई गएका छन्। उनी त्यहाँ रास्वपाको प्रवास विभागद्वारा आयोजित कार्यक्रममा सहभागी हुन गएका हुन्। 

प्रत्यक्ष निर्वाचित सांसद डा.तोसिमा कार्की अमेरिका पुगेकी छन्। उनले सामाजिक सञ्जालमार्फत जुन २१ देखि २९ सम्म विभिन्न राज्यमा हुने नेपाली समुदायसँगको भेटघाट कार्यक्रम सार्वजनिक गरेकी छन्। 

सांसद गणेश पराजुली अष्ट्रेलियामा छन्। उनी पनि प्रवासी नेपाली सम्पर्क विभागको निमन्त्रणमा त्यहाँ गएका हुन्। असार ७ र ८ गते उनले सिड्नी र क्यानबेरामा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्।

सांसदहरू हरि ढकाल र सोविता गौतम भारतको भ्रमणमा छन्। रास्वपाको कर्नाटक राज्य समिति घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पुगेका हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति