नेभिगेशन
सुरक्षा–अपराध

कैलालीमा मृत फेला परेकी १६ दिने सुत्केरीको हत्या भएको निचोड, देवरले यसरी मारेछन्!

धनगढी– कैलालीमा मृत फेला परेकी १६ दिने सुत्केरी युवतीलाई देवरले हत्या गरी फ्याँकेको निचोडमा प्रहरी पुगेको छ। 

दुई दिनसम्मको अनुसन्धान र पक्राउ गरिएकाको बयानका आधारमा प्रहरी यो निष्कर्शमा पुगेको हो।

कैलालीको गौरीगंगा नगरपालिका–७  कैलाशपुरमा शुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथलाई  देबर नीवन नाथले सुनको लोभ र सामान्य पुराना विवादका कारणले हत्या गरेको बयान दिए।

उनले आततायी हिसाबले सुतेका बेला सिरानीले मुख थुनेर हत्या गरेको बताएका छन्। उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्,‘उहाँले कानमा लगाएको गहना निकाले र शव  बाहिर लगेर नालीमा फालिदिएँ।’ 

शवको पोस्टमार्टम हुन बाँकी छ। तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहरमा प्रहरी पुगेको छ। यद्यपि अन्य पाटोमा पनि अध्ययन जारी राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको नवीनले बुवालाई बताएका थिए। त्यो सूचनाका आधारमा प्रहरी अभियुक्त पक्राउका लागि सफल भयो।

शवमा कुनै घाउ चोट नदेखिएपछि विष सेवनबाट वा सर्पको टोकाइबाट मृत्यु भएको आकलन गरियो। तर प्रहरीले भने अन्य कोणबाट पनि यो हत्या प्रकरणलाई नियाँलिरहेको थियो।

मृततकको घरमा उनका देवर, देउरानी र एउटा ९ कक्षमा पढ्ने नन्द थिइन्। घटना भएको रातमा पनि सुत्केरी भाउजूलाई आफूले खाना पकाएर खुवाएको बयान दिएका देवरबाटै घटना भएको हुन सक्ने आशंकामा प्रहरीले शनिबारसम्म हेरेको थियो।

नवीन नाथले सुरुमा प्रहरीलाई दिएको बयान र पछि अनुसन्धान अघि बढ्दै जान भन्न थालेको विषय केही फरक पर्न थालेपछि उनी शङ्काको घेरामा परेका थिए। 

‘सुरुबाटै मलाई हेप्ने गरेको हुँदा रिस उठेको थियो। त्यही रिसमा मैले सिरानीले मुख थुनेर मारेको हुँ’, अन्तिममा शनिवार उनले प्रहरीलाई आफै भने।

करिब २ वर्षपछि नवीनको दाजुसँग तुलसी नाथको विवाह भएको थियो। विवाह पहिले अभिभावक जस्तै रहेकी उनी दाजुसँग विवाह भएपछि भाउजू भएकी थिइन्।

हत्या अभियुक्तलाई कडा कारबाहीका लागि प्रहरीले सिफारिस गर्नेछ। प्रहरीले अन्य थप अनुसन्धान जारी राखेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध