नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीको प्रश्नोत्तरमा पनि रास्वपाको ‘नाराबाजी’, मानेनन् परियार

काठमाडौं– प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने भएको छ। 

सदनमा बिरोध कायम राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेलमा नाराबाजी जारी राख्ने भएको हो।

प्रश्नोत्तरका लागि सदनमा पुगेका प्रधानमन्त्री ओलीका निम्ति सहजीकरण गर्ने काममा सभामुख देवराज घिमिरे सक्रिय भएका छन्। 

सो क्रममा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अवरोध जारी राखिने जानकारी सभामुखलाई गराएका थिए। प्रधानमन्त्री बोल्ने कार्यक्रममा नाराबाजी

हुनु शोभनीय नदेखिने हुँदा रोक्नका लागि सभामुख घिमिरेले सुझाव दिए पनि परियारले नमानेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति