नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपतिबीच दोहामा भेटवार्ता

कतार  । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम. पांगोबीच आज कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जाँदै गरेका दुवै नेताबीच भएको भेटमा नेपाल र तान्जानियाबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भयो। 

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति