नेभिगेशन
खेलकुद

मैले कप्तानी अस्वीकार गरेको हुँ- बुमराह

काठमाडौँ । भारतका फास्ट बलर जसप्रीत बुमराहले आफूले कप्तानी लिन अस्वीकार गरेको बताएका छन् ।  स्काई स्पोर्ट्ससँगको कुराकानीमा बुमराहले आफुले टेस्ट क्रिकेटको कप्तानी लिन अस्वीकार गरेको बताएका हुन् । 

३१ बर्षिय बलर बुमराहले कप्तानीका बारेमा भने- 'मैले बीसीसीआई र छनोटकर्ताहरूलाई कप्तानीको लागि अस्वीकार गरें ।'

रोहित शर्माको सन्यास पछि, धेरै पूर्व क्रिकेटरहरूले बुमराहलाई कप्तान बनाउनु पर्ने धारणा राखेका थिए । तर बुमराहले सिरिजका पुरै खेल खेल्न सक्ने अवस्थामा नरहेकोले टेस्ट टिमको कप्तानी लिन अस्वीकार गरेको बताएका छन्  ।


बुमराहले भने- 'रोहित-कोहलीले सन्यास लिनु अघि मैले बोर्डसँग कुरा गरेको थिए । मैले मेरो कामको बोझको बारेमा जानकारी गराए । ढाड दुख्ने उपचार पछि, मैले सर्जनसँग पनि कुरा गरे । कामको बोझ धेरै थियो, त्यसैले हामी यो निष्कर्षमा पुग्यौं कि म अलि स्मार्ट हुनुपर्छ । त्यसपछि मैले बोर्डलाई भनें, म कप्तानको रूपमा जिम्मेवारी लिन चाहन्न ।' 

बुमराहले आफु कप्तान नभए पनि क्रिकेटरको रुपमा टिममा योगदान गर्न चाहेको बताए ।

बुमराहले इङ्ग्ल्याण्ड विरुद्धको पहिलो टेस्टको लागि आफूलाई उपलब्ध हुने बताएका छन् । साथै आफ्नो फिटनेसको बारेमा कुरा गर्दै उनले यस सिरिजमा कम्तिमा तीन खेल खेल्न चाहेको बताएका छन् । तर, म पहिलो खेलको लागि तयार छु ।'

भारतीय क्रिकेट टिम हाल इङ्ल्याण्ड भ्रमणमा छ । भारत र इङल्याण्ड ५ खेलको टेस्ट सिरिज खेल्दैछन् । सिरिजको पहिलो खेल जुन २० देखि लीड्समा खेलिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद