नेभिगेशन
राजनीति

सदन बहिस्कार गरेको दिनको भत्ता राप्रपा सांसदले नलिने निर्णय (पत्र)

काठमाठौं– प्रतिनिधि सभाको असार १ गतेको बहिस्कार गरेको बैठकको भत्ता नलिने राप्रपाले निर्णय गरेको छ। 

राप्रपाका १४ जना मध्य उपस्थित सांसदले बैठक बहिस्कार गरेर बीचमै छाडेका कारण उक्त रकम राज्य कोषमा नै फिर्ता हुनेगरी भत्ता नलिने निर्णय लिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जनाएका छन्।

‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो’, शाहीले भनेका छन्,‘उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ। उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन। संघीय संसदका महासचिवलाई अनुरोध गर्दछौं।’
507877325_9896657837070300_5436908667392685359_n-1750053041.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति