नेभिगेशन
राजनीति

राप्रपाद्वारा आज पनि संसद बहिष्कार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार हो ।संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एक छिनपछि बाहिर निस्किएका हुन् ।

आज बैठक सुरु हुने बित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख देवराज घिमिरेले विरोधकै बीच कारबाही अघि बढाएपछि राप्रपाका सांसद बाहिर निस्किएका हुन् ।

राप्रपाका सांसदहरू आइतबार पनि विरोध गर्दै बाहिर निस्किएका थिए । त्यसैले उनीहरूले भत्ता पनि नलिने घोषणा गरेका छन् ।

राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी