नेभिगेशन
राजनीति

सांसद नगिनाले रवि लामिछानेको पासपोर्ट काण्ड कोट्याइन्, रास्वपाका सांसदलाई ‘गन्हाउने’ भनिन्

काठमाडौं– रास्वपाले बेल घेराउ र राप्रपाले उभिएर बिरोध जनाए पनि अघि बढेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद नगिना यादवले रवि लामिछानेको नागरिकता र पासपोर्ट प्रकरण कोट्याएकी छन्।

सभामुख देवराज घिमिरेले बिरोधकाबीच दिएको समयमा बोलेकी यादवले रास्वपाका सभापति रवि लामिछाने गन्हाएको मानिस भएको बताइन्। उनले नागरिकता प्रकरण र अहिले पनि पासपोर्टको विषय कायम रहेको भन्दै रास्वपाका नाराबाजी गरिरहेका सांसदलाई पनि ‘गन्हाउने’ भनिन्।

‘रवि लामिछाने आफैं गन्हाएको मानिस। कति मुद्दा छन्। नागरिकताको, पासपोर्टको पनि छ’, उनले भनिन्,‘अनि गन्हाएका नेताका गन्हाएका सांसदले नैतिकताको प्रश्न गर्न मिल्छ?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति