नेभिगेशन
राजनीति

प्रतिपक्षीको विरोधका बीच पनि सभा चलाउने तरिका ठीक भएन : एकीकृत समाजवादी

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरूले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै उनले प्रतिपक्षी दलहरू विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका हुन्। उनले अर्थमन्त्रीले बजेट प्रस्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरूमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरू नाराबाजी गर्दै गर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए।

उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे। ‘मान्य मन्त्रीज्यूले यति महत्वपूर्ण कुरा सुनाइरहनु भएको छ, प्रतिपक्षमा रहेका दलमध्ये एउटा दल अवरोधको अवस्थामा छ,’ पाण्डेले भने, ‘नाराबाजीमा छ। यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिरहेका छैनौँ । अनि कसरी यो सभा चलाउने हो ?’ उनले थपे, ‘यो सभा चलाउने अहिलेको तरिका भएन सभामुख महोदय। यो स्थगित गरेर, सहमति गरेर, एउटा टुंगो गरेर मात्रै अगाडि बढाइयोस्।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति