नेभिगेशन
राजनीति

सदन भवनमा सांसद आशनबाहिर बसेर कांग्रेसका बजगाँईले के विषयको बिरोध गरेका हुन्?

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् ।

आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् ।

बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन् ।

उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बसेका हुन् । उनी संसद्को हाजिर गरेर दर्शक दिर्घामा गएका हुन् । केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति