नेभिगेशन
राजनीति

सदन अवरोधमा उत्रिएको रास्वपामाथि कांग्रेसले फर्कायो नैतिकताको अर्को झटारो

काठमाडौं– रास्वपाको बिरोधकाबीच आइतबार सुरु भएको सदन बैठकमा नेपाली कांग्रेसले नैतिकताको झटारो फर्काएको छ। 

भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी आन्दोलन गरिरहेको रास्वपालाई कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ५ ठाउँ सहकारी ठगीको अभियोग लागि संसद पद समेत निलम्बनमा रहेका रवि लामिछानेलाई सभापति र दलको नेता मानेर नैतिकताको सवाल उठाउन नमिल्ने बताए। 

उनले भने,‘  ‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरूले पाँच वटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो र?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति