नेभिगेशन
राजनीति

रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

काठमाडौं- संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ ।

सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।

घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति