नेभिगेशन
राजनीति

माओवादीले झुक्यायो, संसद अवरोध जारी रहन्छ : रास्वपा

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन्।

सभामुख र प्रमुख सचेतकहरूबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए। ‘प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसावमा भएन। जुन तहको छानविन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन। झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो। रास्वपाले सहमति गरेन। सभामा विवेक चाहिन्छ,’ उनले भने।

उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको पनि बताए। सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको र आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति