नेभिगेशन
राजनीति

प्रमुख प्रतिपक्षी दलले विरतापुर्वक आत्मसमर्पण गर्यो : लिङदेन

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विरतापुर्वक आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङदेनले प्रमुख विपक्षी दलले सरकारसँग आत्मसमर्पण गरेको भन्दै यो आफुहरुले अनुमान गरेकै विषय भएको बताएका छन् ।


उनले भिजिट भिसा प्रकरण एउटा मन्त्रीको नैतिकताको विषय मात्र नभएर देशको इज्जतको विषय भएको बताए ।


लिङदेनले यसअघि एमसीसी पास गर्दा पनि यस्तै ब्याख्यात्मक टिप्पणी गरिएको भन्दै अहिले पनि यस्तै व्याख्यात्मक टिप्पणी गरिएको बताए । उनले भिजिट भिसा प्रकरणमा व्यापक छानबिन हुनुपर्ने भन्दै गृहमन्त्रीले राजीनामा दिएर सघाउन आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति