नेभिगेशन
राजनीति

सदन खोल्न प्रचण्डले सौदावाजी गरेको शाहीको भनाई, संसद सेटिङ गर्ने ठाँऊ!

काठमाडौं- प्रतिनिधि सभा बैठक सुचारु गराउन नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सौदावाजी गरेको राप्रपाका सांसद ज्ञानबहादुर शाहीले आरोप लगाएका छन् ।  

सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै उनले संसद सेटिङ गर्ने ठाँऊ भन्दै  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडी हटेबापत अग्नि सापकोटालाई  पक्राउ गर्न बचाएको आरोप समेत लगाएका छन् । 

उनले सामाजिक संजाल फेसबुकमा भनेका छन् 

ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओबादी साथिहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजिनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडी हटेबापत ज्यान मार्ने ब्याक्ति हत्या गर्ने प्रकरणमा पुर्बसभामुख

अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा............

बिडम्बनाका साथ भन्नुपर्छ संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति