नेभिगेशन
विश्व

एयर इन्डिया जहाज दुर्घटनाः २४२ मध्य ‘काल’लाई जितेर फर्किएका रमेशले के–के देखेछन्?

काठमाडौं– लन्डनका लागि उडेको एयर इन्डियाको जहाज विहीबार गुजराँतबाट उडेको केही निमेषमा खस्यो।

भारतमा भएको यो जहाज दुर्घटनाले विश्व समुदाय स्तब्ध पनि छ। जहाजमा रहेका विमान चालक दलका १२ सहित २४२ जना सवार थिए। 

सबै मरेको प्रारम्भिक रिपोर्ट दिइयो। तर, ति मध्य एक जना ‘काल’लाई जितेर फर्किएका छन्। अर्थात्, बाँचेका छन्। अन्य २४१ जनाले ज्यान गुमाए। 
एयर इन्डिया उडान नम्बर  एआई१७१ को जहाज अहमावादमा खस्यो। 

तर त्यहाँबाट एक जना मात्र जीवित निस्किनु चमत्कार मानिएको छ। ती व्यक्ति हुन्– बेलायती नागरिक रमेश विश्वासकुमार। जसले मृत्युको मुखबाट फर्किएको अद्भुत कथा सुनाएका छन्।

भारतीय आधिकारिक सञ्चार माध्यमहरुमा प्रसारित समाचार अनुसार ३८–४० वर्ष उमेरका रमेश इकोनोमी क्लासको पहिलो पंक्तिको झ्यालतर्फको सिट नम्बर ११ए मा बसेका थिए। 

506738082_727086893199240_5028097253931671496_n-1749777445.jpg
उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भने,‘टेकअफ गरेको करिब ३० सेकेन्डमै विमानभित्र ठूलो आवाज आयो र त्यसपछि ठोक्कियो। होस आउँदा म शवहरूको बीचमा थिएँ। म डराएँ, उठेँ र ज्यान जोगाउने प्रयासमा भागेँ।’

उनले अगाडि भनेका छन्,‘विमानका टुक्रा वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल लग्यो।’

रमेशले संकटकालीन ढोकाबाट हाम फालेको दाबी गरेका छन्, तर विमान ६२५ फिटको उचाइमा दुर्घटनाग्रस्त भएकोले यो कसरी सम्भव भयो भन्ने विषय अझै स्पष्ट भएको छैन। उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको छ र अहिले अहमाबादको सिभिल अस्पतालमा उपचाररत छन्।

शुरुमा सबै यात्रुहरूको मृत्यु भएको जानकारी दिइएको थियो तर पछि रमेशको जीवित भेटिनु चमत्कार मानिएको छ। 

यो दुखद घटना बिच रमेशको जीवन–मरणको संघर्षले संयोग र भाग्यको अद्भुत कथाले खुसी र आश्चर्य पनि बोकेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व