नेभिगेशन
राजनीति

तीनकुने घटनामा अदालतले आदेश सुनाउँदै, इजलास बाहिर प्रतिवादी

काठमाडौँ । तीनकुने घटनाका अभियुक्त दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूविरुद्धको थुनछेक बहस सकिएको छ । बहस काठमाडौं जिल्ला अदालतमा सकिएको हाे । आजै आदेश आउने अदालत स्रोतले जानकारी दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनदेखि निरन्तर थुनछेक बहस भएको थियो । बिहीबार ढिला गरी बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्की आदेश लेखनमा छन् । यसैबीच प्रतिवादी बनाइएकाहरु भने इजलास बाहिर बसिरहेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति