नेभिगेशन
विश्व

विमान दुर्घटनामा मृत्यु भएका हरेक परिवारलाई टाटा समुहले एक /एक करोड दिने

काठमाडौँ । टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्यु भएका प्रति परिवारलाई एक करोड दिने घोषणा गरेको छ । एयर इण्डियाको मालिक हाल टाटा समुह रहेको छ ।

टाटा समुहले सम्पूर्ण घाइतेको उपचार खर्च पनि बेहोर्ने जानकारी दिदै सबै आवश्यक सहयोग गर्ने जानकारी दिएको छ । साथै टाटा समुहले विमान दुर्घटनामा क्षतिग्रस्त भएको बिजे मेडिकल कलेजको होस्टेल समेत निर्माण गरिदिने घोषणा गरेको छ ।

एयर इण्डियाको विमान दुर्घटनामा अहिलेसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने विमानआमा सवार सकुशल रहेका छन् । 

विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ ।

भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व