नेभिगेशन
राजनीति

काठमाडौं महानगरः मेयर बालेन र उपमेयर डंगोलबीच कार्यपालिका र नगरसभा बोलाउने सहमति

काठमाडौं– लामो समयपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच वार्ता भएको छ। वार्तामा नगरसभा र कार्यपालिका बैठक डाक्ने सहमति भएको बताइन्छ।

मिति भने निरन्तर छलफल गरी तय हुनेछ भने अहिले एजेन्डा तयका लागि छलफल भएको बताइन्छ।

छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो।

काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गतेयता बस्न सकेको छैन। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

विपक्षी दलहरूको बैठक जारी