नेभिगेशन
राजनीति

रास्वापाका सांसद पराजुलीलाई किसानले झपारे

काठमाडौं– रास्वपा सांसद गणेश पराजुलीलाई नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले झपारेका छन्।

संसदको उद्योग समितिको बैठकमा किसानले ‘जे मन लाग्छ त्यहि बोल्छ यार’ भन्दै झपारेका हुन्। पराजुलीले गृहमन्त्री रमेश लेखकको राजीनामाको विषय उठाउँदै भिजिट भिसा प्रकरणबारे बोलेका थिए। 

विषयान्तर भएको भन्दै सभापति अब्दुल खाँले विषयकेन्द्रित हुन भनेका थिए। तर, पराजुली बोलिरहेपछि किसान ‘हामी पनि सदनमा उठेर राजीनामा माग गरिरहेका छौं। हाम्रो अध्यक्ष निलम्बनमा हुनुहुन्छ, उहाँको अध्यक्ष जेलमा हुनुहुन्छ। के भनेको यार’ भन्दै पराजुलीमाथि खनिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति