नेभिगेशन
राजनीति

एउटा हृदयेन्द्र अर्को जयबीरः नेपथ्यमा रहेर चर्चा र विवादमा आएका दुई विपरित ध्रुवका ‘पुत्रहरू’

उनीहरू दुई जनाको समानताको एउटा कसी हो– प्रत्यक्ष मिडियामा देखा नपर्नु

काठमाडौं– उनीहरू दुई जनाको समानताको एउटा कसी हो– प्रत्यक्ष मिडियामा देखा नपर्नु।

अर्को समानताचाहिँ दुवै असक्षम युवराज र प्रधानमन्त्रीका पुत्र। अरुचाहिँ विपरित छन् प्रायः। एउटा चासो र चर्चाका पात्र, अर्का विवादको टाकुरामा उभिएका बिख्यातीका कसी।

यी दुई हुन्– हृदयेन्द्र शाह र जयबीर देउवा। 

हृदयेन्द्र अहिले अध्ययन विदामा काठमाडौं आएका छन् र हालैका दिनमा धार्मिकसहित आमा हिमानी शाहसँग विभिन्न सामाजिक काममा खटिइराखेका छन्।

बेबी किङको बैकल्पिक चर्चाको पात्र हुन् भने उनीमाथि टिप्पणी गर्दा आलोचना खेपेकी अभिनेत्री सुरक्षा पन्तको वैचारिक स्वतन्त्रताको ब्याख्या गर्दै केही नभन्नका अपिल गरिदिन्छन्। 

एउटा अन्तिम राजाका नाती। अर्का, तिनै राजाले असक्षम घोषणा गरी पक्राउ गरेका पूर्वप्रधानमन्त्रीका पुत्र।

अर्काचाहिँ विवादको कसीमा उभिएपछि पत्रकार दिलभूषण पाठकविरुद्ध उजुरी गरेका कारण अहिले बिख्याती र आलोचनाको पात्र बनेका छन्। बाबु देउवा र आमा परराष्ट्रमन्त्री आरजु राणाको पहुँचका आधारमा राज्यसत्ता दुरुपयोग गर्न माहिर रहेको आरोप खेपिरहेका छन्, जयबीर। 

तर यी दुवै जना मिडियामा प्रत्यक्ष नखुलेका कारण कतिपय विषय ‘रहस्य’ नै छन्। उनीहरू वैयक्तिक व्यवाहार कस्तो छ भन्नेचाहिँ उतिसाह्रो आँकलन गर्न मुस्किल हुन्छ।  

हृदयेन्द्र ३० जुलाई २००२ मा नारायणहिटी दरबार, काठमाडौँमा जन्मिएका थिए। 

जन्मकै दिन “नवयुवराजधिराज” को मान दिइएको भए पनि, २००८ मा राजतन्त्र अन्त्य भएपछि उनको औपचारिक राजगद्दी अधिकार समाप्त भयो। 

उनी उच्च शिक्षाका लागि अमेरिकाको बोस्टनमा अध्ययनरत रहेका छन्। अध्ययनका क्रममा उनले बुबु–हजुरबुवाको सार्वजनिक भूमिकामा भन्दा बढी निजी जीवनमा ध्यान दिए। रूचीअनुसार साधारण, शान्त र नम्र जीवन शैली अपनाएको पाइन्छ। 

उनले सार्वजनिक हस्तीभन्दा बाहिर जीवन बिताउँदै आएका छन्। सामाजिक–राजनीतिक गतिविधिमा न्यून सक्रियता देखाउँछन्। समय–समयमा राजपरिवारसँग सम्बन्धित घटना वा नारायणहिटी दरबार आउने र उपस्थित हुने गतिविधिहरूले उनको उपस्थिति स्मरण गराउँछन्। 

हृदयेन्द्र शाह एकान्तप्रिय, वद्रिलोचित, र नम्र व्यक्तित्वका युवा राजपरिवारका सदस्य हुन्। शिक्षामा केन्द्रित, मधुर व्यक्तित्व र विवाद–रहित जीवनशैलीले उहाँलाई आम नेपालीको दृष्टिमा फरक तर सकारात्मक पात्रका रूपमा प्रस्तुत गराएको छ। 

सामाजिक सञ्जाल र सार्वजनिक बनेर व्यक्त गरेको सहिष्णुता र सम्मानले उनको छवि अबका दिनहरुमा अझ स्पष्ट बन्ने सम्भावना छ।

यता, जयबीर भने कांग्रेस सभापति र नेत्री देउवा र राणाका एक्ला पुत्र हुन्। 

जयबीर नेपालको चर्चित राजनीतिक–व्यक्तित्व परिवारसँग सम्बन्धित व्यक्तित्व हुन्। उनी २०२१ सन् सेप्टेम्बरमा डडेल्धुराको गन्यापधुरा–१ मा नेपाली कांग्रेसको ‘क्रियाशील सदस्य’को रूपमा प्रवेश गरे। यहि विन्दुबाट उनी राजनीतिमा प्रत्यक्ष जोडिएको चर्चा भयो। 

२०२३ मे महिनामा शिवाना श्रेष्ठसँग विवाह गरेका जयबीर यसबाहेक विभिन्न विवाद आउने प्रकरणमा नाम जोडिएका व्यक्ति हुन्। 

बिवाह समारोह २०२४ फेब्रुअरी २ मा बुढानिलकण्ठमा सम्पन्न भएको थियो, जहाँ नेपालका दर्जनौं नेता, व्यवसायी, कलाकार तथा पत्रकारहरूको उपस्थितिमा माहौल निकै भव्य बनेको थियो 

केही रिपोर्टहरूमा उनले काठमाडौं, कास्की र बर्दियामा सँगालिएको ७३ रोपनी जग्गाको स्वामित्व ४ वर्षमै प्राप्त गरेको विषय उल्लेख गरिएको थियो। जसको मूल्य लगभग एक अर्बभन्दा बढी रहेको बताइएको छ। तर यस विषयको खण्डन जयबीरकी आमा कांग्रेस नेत्री राणाले गरेकी थिइन्।

उनले हिल्टन होटल खरिद गरेको भन्ने समाचारप्रति शंकर समूहले स्पष्ट खण्डन गरेको थियो र त्यस्तो चिन्ता नलिन अनुरोध गरेको थियो। अहिले यहि विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न उजुरी दिएको प्रकरणमा जयबीर जोडिन्छन्। 

जयबीर सिंह देउवा वैयक्तिक, पारिवारिक र आर्थिक दृष्टिले भारत–नेपाल भित्र महत्त्वपूर्ण स्थान ओगट्न सफल भए पनि अहिले राजनीतिमा पूर्णरुपमा स्थापित हुन बाँकी नै छ। 

उनको स्नातकोत्तर शिक्षा, कांग्रेसमा पद ग्रहण, बिवाह समारोह, र जग्गा–सम्पत्ति सम्बन्धी चर्चा आगामी वर्षहरूमा सार्वजनिक छवि र राजनीतिक भविष्यका लागि निर्णायक छन्। 

उनले पारदर्शिता, दायित्व तथा सक्रिय सहभागिताले राजनीतिक उत्तराधिकारीका रूपमा भूमिका निर्वाह गर्ने कि व्यक्तिगत जीवनमै सीमित रहन्छन् भन्ने समयले नै निर्णय गर्नेछ।

राज्य, सत्ता राजनीतिमा तेस्रो पुस्ताका यी दुई पात्र आजका दिनमा चर्चा र विवादको विन्दुमा उभिएका मात्र छैनन्, विपरित व्यवस्थाका उत्तराधिकारीका रुपमा पनि विश्लेषण भएका पात्र हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

विपक्षी दलहरूको बैठक जारी