नेभिगेशन
विश्व

विश्व टेस्ट च्याम्पियनसिप फाइनल: पहिलो दिन अस्ट्रेलियाको नियन्त्रणमा

काठमाडौँ - आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको पहिलो दिन अस्ट्रेलियाको नियन्त्रणमा रहेको छ ।

अस्ट्रेलिया पहिलो इनिंगमा २१२ रनमा अल आउट भएको अस्ट्रेलियाले दक्षिण अफ्रीकामाथि दबाब बढाउदै महत्वपूर्ण ४ विकेट लिएको छ ।


पहिलो दिनको खेल सकिदा दक्षिण अफ्रिकाले ४ विकेट गुमाउदै केवल ४३ रन बनाएको छ । दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एडन मार्क्रम शुन्यमा आउट भए भने विआन मुल्डरले ६, ट्रीस्टान स्ट्रबले २ रन बनाएर आउट भए । कप्तान टेम्बा बभुमा ३७ बलमा ३ रन बनाएर क्रिजमा छन भने डेभिड बेडीङघम८ रन बनाएर खेलिरहेका छन् ।

त्यस्तै अस्ट्रेलियाका बलर मिचेल स्टार्कले २ विकेट लिए भने जोस हजेलवूड र कप्तान पाट कमिन्सले एक एक विकेट लिए ।

यसअघि  टेस्टको पहिलो दिन अस्ट्रेलियाले टस हारेर पहिला ब्याटिंग गर्दै ५६.४ ओभर खेलेर २१२ रन बनाउदा अल आउट भएको थियो ।

अस्ट्रेलियाका लागि ब्यू वेबस्टरले सर्बाधिक ७२ रन बनाए भने स्टिभ स्मिथले ६६ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ५ विकेट लिए भने मार्को जानसेनले ३ तथा केशव महाराज र एडन मार्क्रमले एक एक विकेट लिए ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व