नेभिगेशन
विश्व

चीनसँग व्यापारिक सम्झौता भएको ट्रम्पको दाबि

काठमाडौँ - अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनसँग 'सम्झौता' गरेको बताएका छन् । 

ट्रम्पले लेखेका छन्, 'हामी चीनसँग सम्झौतामा पुगेका छौं, जुन राष्ट्रपति सी र मेरो बीच अन्तिम स्वीकृतिको विषय हो ।

पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्वहरू चीनबाट सुरुदेखि नै उपलब्ध गराइनेछ ।' उनले अगाडी भनेका छन्- 'पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्वहरू चीनबाट सुरुदेखि नै उपलब्ध गराइनेछ । त्यस्तै गरी, हामी चीनलाई सहमति भएको कुरा प्रदान गर्नेछौं, जसमा हाम्रा कलेज र विश्वविद्यालयहरूमा आउने चिनियाँ विद्यार्थीहरू पनि समावेश छन् ।'

ट्यारिफको बारेमा, ट्रम्पले अमेरिकाले ५५ प्रतिशत पाएको र चीनले १० प्रतिशत पाएको उल्लेख गरेका छन् । 


यसैबीच, चीनले भने सहमति भएको नभनिकन व्यापारिक मुद्धामा छलफल भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन्- 'चीन-अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको पहिलो बैठक लन्डनमा सम्पन्न भयो । वार्ताको क्रममा, दुई पक्षले स्पष्ट र गहन कुराकानी गरे र चिन्ताका आर्थिक तथा व्यापारिक मुद्दाहरूमा विचार आदानप्रदान गरे ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व