नेभिगेशन
राजनीति

गृहमन्त्री माथि छानबिनको सुनिश्चितता नभएसम्म विपक्षी दलले सदन चल्न नदिने

काठमाडौं- विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ । सँगै रास्वपाले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले साथ दिएका छन् ।

सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन बसेको बैठकले आफ्नो माग यथावत् रहेको निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले आफूहरूले छानबिन समितिको माग राखेकोबारे अहिले विभिन्न चरणमा छलफल चलिरहेको बताए ।

बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीबाट प्रभु साहलगायत सहभागी थिए । राप्रपा भने बैठकमा सहभागी थिएन ।

विपक्षी दलले आफ्नो अडान नछाडेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । अहिले सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी