नेभिगेशन
विश्व

आप्रवासीको आन्दोलन चर्किँदै गएपछि लस एन्जलसमा कर्फ्यु घोषणा

काठमाडौँ । आप्रवासीको आन्दोलन चर्किँदै गएपछि अमेरिकाको लस एन्जलसमा आंशिक कर्फ्यु घोषणा गरिएको छ ।

लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रण बाहिर जान नदिन कर्फ्यु जारी घोषणा गरेकी हुन्। मंगलबार रातिबाट लागू हुने गरी मेयर बासले कर्फ्यु घोषणा गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा हालसम्म १९७ जनालाई नियन्त्रणमा लिएको छ। लस एन्जलसमा आप्रवासीमाथिको धरपकडविरुद्ध भएको प्रदर्शन नियन्त्रण लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ हजार बढी राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरेको छ।

आप्रवासीमाथिको धरपकडविरुद्ध अमेरिकाका विभिन्न सहरमा पनि प्रदर्शन सुरु भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व