नेभिगेशन
समाज विविध

अधिकृत डम्बरुको डिभोर्सी महिलासँग चुम्माचाटी, प्रहरी अधिकारीलाई उस्तै आरोपले बनायो ‘नजाति’

काठमाडौं– निक्कै मिहेनत गरी लोक सेवा आयोगबाट नाम निकाल्दै सरकारी उच्च ओहदामा पुगे पनि मानिसको ‘हबस’को परिक्षा कसले लिने? 

निजी सम्बन्धलाई सामाजिक सञ्जालमा छारस्ट पारेपछि जागिरमा सरुवा मात्र होइन, उच्च तहका निकायमा उजुरी परेका घटना पनि छन्।

अर्काकी पत्नी ताक्ने, डिभोर्स भएका महिलासित सम्बन्ध गाँस्ने क्रम नराम्रो हो या होइन अलग विषय भयो तर यो सतहमा आएपछि सामाजिक रुपमा नै चर्चाको विषय बन्छन्। 

यस्तै छन्, दुई परिघटना। 

यस्ता धेरै उदाहरण हुन सक्छन्। तर, मिडियामा चर्चामा आएका तीन जनाको विषयलाई प्रतिनिधि घटनाका रुपमा स्मरण गराइन्छ, यहाँ।

मदिरा सेवन गरी दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा अर्काकी पत्नीको टिकटक लाइभमा ‘चुम्माचाटी’ गर्ने उपसचिव डम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन कार्यालयले कारबाही गरेको थियो।

उनलाई तत्काल प्रमुख प्रशासकीय अधिकृतबाट हटाएर अर्का अधिकारी पठाइयो। 

निरौलालाई स्पष्टीकरण सोधेर अहिले जिम्मेवारीबिहिन बनाइएको थियो। सरकारी प्रक्रियाअनुसार उनको स्पष्टीकरणका आधारमा नै मन्त्रालयले आवश्यक कारबाही गरिदियो।

निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडिओ बाहिरिएको थियो। तर, उनले क्वार्टरमा नभई अन्यत्रकै भिडिओ भनी स्वीकार गरेका थिए।

महिलाले भिडिओ टिकटकमार्फत लाइभ गरेकी थिइन्। मदिराले लठ्ठ भएका दुवै जनाको संवादसहितको भिडिओ सामाजिक सञ्जालमा व्यापक भएको थियो।

यता, प्रहरी नायव महानिरिक्षक (डीआईजी) बढुवा भएका दीपक रेग्मीविरुद्ध गृह मन्त्रालयमा अनैतिक कृयाकलाप गरेको, अमार्यति गतिविधिमा संलग्न रहेको भनी उजुरी परेको थियो।

युवराज सफल उजुरीकर्ता हुन्। उनले रेग्मीलाई कारबाहीको माग गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुख एसपी हुँदा रेग्मीले पोखरामा अर्काकी पत्नीसँग अनैतिक सम्बन्ध राख्नुका साथै ती महिलाको निर्दोष पतिलाई फसाउन झुठो वैवाहिक बलात्कारको मुद्धा हाल्न लगाएको उजुरीमा दाबी गरिएको थियो।

मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई सम्बोधन गर्दै लेखिएको उजुरीमा त्यस्ता व्यक्तिलाई डिआइजी पदमा बढुवा सिफारिस गर्नु कानुन विपरित हुने जनाइएको थियो।

डीआईजीका लागि रेगमी ४ नम्बर सूचीमा सिफारिस भएका थिए। उजुरीमा भनिएको थियो,‘डीआईजी बढुवा सिफारिसमा परेका दीपक रेग्मीले जिप्रका बागलुङको कार्यालय प्रमुख एसपी हुँदा पोखरामा अर्काकी पत्नीसँग अनैतिक सम्बन्ध राख्ने, तिनै महिलाको निर्दोष पति दीपक थापालाई फसाउन निज थापाकै पत्नीको मिलेमतोमा झूठो वैवाहिक बलात्कारको मुद्दा दर्ता गर्न लगाएका थिए।’

उजुरीमा अगाडि भनिएको थियो,‘पीडित दीपक थापाको आमा राजकुमारी थापालाई लाखौं रुपैयाँ बराबरको झुठो लेनदेन गरेको भनी कागज बनाउन लगाउनेजस्ता अमर्यादित, अवाञ्चित गतिविधिमा निज दिपक रेग्मी संलग्न छन्।’ 

यो उजुरी ९२०८ नम्बरमा दर्ता रहेको छ, अहिले पनि। रेग्मीविरुद्ध यसअघि पनि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायमा उजुरी परी छानबिन भएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध