नेभिगेशन
समाज विविध

हितेन्द्रदेव शाक्यले भने- बिजुली झ्याप–झ्याप जानुमा ‘सिस्टम’को दोष

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिजुली झ्याप–झ्याप जानुमा ‘सिस्टम’को दोष रहेको बताएका छन् । 

प्रत्येक वर्ष विद्युत् खपत बढ्दै गइरहेको र त्यसको तुलनामा प्रसारण र वितरण लाइन नहुँदा बिजुली ‘ट्रिप’ को समस्या रहेको शाक्यको दाबी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले समस्या अघिल्ला वर्षहरूमा पनि रहेको बताए । “यो वर्ष मात्रै होइन अघिल्ला वर्षहरूमा पनि बत्ती आउने जाने भइरहेको थियो, स्मार्ट मिटर हेर्दा हुन्छ,” उनले भने, “प्रसारण र वितरण लाइन सुदृढीकरण नहुँदा समस्या भएको हो ।”

डेडिकेटेड तथा ट्रंकलाइन विलको विषयमा प्राधिकरणको पुनरावलोकन समितिमा २० वटा उद्योगको उजुरी परेको छ । शाक्यले २० वटा उद्योग पुनरावलोकनका लागि आएको बताए । प्राधिकरणले जेठ मसान्तसम्म पुनरावलोकनका लागि आउन उद्योगीहरूलाई सूचना जारी गरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध